Comments Add Comment

क्यान्सरपीडित सोनाली बेन्द्रेले मनिषालाई लेखिन्ः तिमी मेरो प्रेरणा

बलिउड अभिनेत्री सोनाली बेन्द्रे हाई ग्रेड क्यान्सरबाट पीडित छिन् । अमेरिकाको न्यूयोर्कमा उनको उपचार चलिरहेको छ ।

एउटा रियालिटी शोमा जज गरिरहेकी सोनाली अचानक अस्वस्थ बनेकी थिइन् र स्वास्थ्य परिक्षण गर्दा क्यान्सर देखिएको थियो । क्यान्सर उनको शरीरमा फैलिसकेकाले उपचार अत्यन्त जटिल मानिएको छ ।

गम्भीर अवस्थामा रहे पनि सोनालीले हिम्मत हारेकी छैनन् । उनी अहिले पनि सामाजिक सञ्जालमा एकदम सक्रिय छिन् । आफूलाई स्वास्थ्यलाभको कामना गर्ने हरेक सेलिबि्रटीहरुलाई व्यक्तिगतरुपमा जवाफ दिइरहेकी छन् ।

केही समयअघि क्याम्सरबाट मुक्त भएकी बलिउडकी नेपाली नायिका मनिषा कोइरालाले टि्वटरमा सोनालीलाई स्वास्थ्यलाभको कामना गरेकी थिइन् ।

मनिषाले लेखेकी थिइन्, ‘भगवानको कृपाले तिमी चाँडै ठिक हुने छौ र खुशीको समाचारसहित घर फर्किने छौ । मेरी साथीलाई माया र प्रार्थना ।’

यसमा जवाफ दिँदै सोनालीले लेखेकी छिन्, ‘धन्यवाद मनिषा । तिमी मेरो प्रेरणा हौ ।’

केही वर्षअघि पाठेघरको क्यान्सरबाट पिडित बनेकी मनिषा पनि अमेरिकामा लामो उपचारपछि स्वस्थ भएकी थिइन् । उनी यतिबेला बलिउडमा सक्रिय छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment