Comments Add Comment

हारपछि नेइमारको प्रतिक्रियाः क्लब फुटबलमा फर्किन पनि गाह्रो छ


काठमाडौं । बेल्जियमसँग हार्दै विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएपछि ब्राजिलका स्टार स्ट्राइकर नेइमारले क्लब फुटबलमा फर्किन कठिन रहेको प्रतिक्रिया दिएका छन् ।

बेल्जियमले २–१ ले हराएपछि उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिलका खेलाडीहरु रसियाबाट घर फर्किएका छन् । ‘यो मेरो करियरकै दुःखद् क्षण हो’, नेइमारले भने ।

इस्टाग्राम पोष्टमा नेइमारले इतिहास रच्ने मौका गुमाउँदा निकै पीडा भएको बताएका छन् ।

‘फेरि फुटबलमा फर्कने शक्ति जुटाउन पनि कठीन छ’, उनले भनेका छन्, ‘तर, मलाई विश्वास छ, भगवानले मेरा अगाडि जे आउँछ, त्यसलाई समना गर्ने शक्ति दिनेछन् ।’

उनले ब्राजिलियन टिमको सदस्य हुन पाएकोमा आफूलाई निकै खुसी लागेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment