Comments Add Comment

स्थिर देखियो सेयर बजार, ४८ करोडको कारोबार

२४ असार, काठमाडौं । सातको पहिलो दिन आइतबार सेयर बजार स्थिर देखिएको छ । सेयर बजारमा दिनभर तीव्र उतार-चढाव देखिए पनि अन्तमा शून्य दशमलव ०२ अंकको गिरावट आएर बन्द भएको हो ।

साताको अन्तिम दिन गत बिहीबार ३६ अंकले वृद्धि भएको सेयर बजार आइतबार पनि ठूलो अंकले वृद्धि हुने अपेक्षा गरिएको थियो । कारोबार खुले लगत्तै बढ्न शुरु भएको कारोबार एकपटक १६ अंक भन्दा बढीले वृद्धि भएको थियो । त्यस पछि घट्दै बढ्दै गर्दा अन्तमा शून्य दशमलव शून्य दुई अंकले कमी आएर बजार बन्द भएको हो ।

१२२४ दशमलव ४२ अंकबाट शुरु भएको कारोबार १२२४ दशमलव ३९ अंमा आएर बन्द भएको छ । बजार बढ्न प्रसस्तै लक्षण देखिए पनि अलिकति बढ्ने वित्तिकै सेयर बेच्नेको भिड देखिए पछि बजार बढ्न सकेन ।

सेयर बजार करिव-करिव स्थिर देखिए पनि कारोबार रकममा भने वृद्धि भएको छ । आइतबार १ सय ६८ कम्पनीहरुका १२ लाख ४१ हजार ६ सय ३१ कित्ताको सेयर खरिदबिक्री भई ४८ करोड २३ लाख ५२ हजार ४ सय ९ रुपैयाँ कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment