+
+

देशभर बदली, पूर्व र पश्चिममा भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते ८:२७

२५ असार, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले एक सूचना जारी गर्दै ३ दिनको मौसमको अनुमान गरेको हो ।

महाशाखाका अनुसार, आज देशभर बदलीको सम्भावना छ । अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ ।

देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भने आज भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाकाे भनाइ छ । पूर्व र पश्चिमका केही स्थानहरुमा भने महाशाखाले भारी वर्षा हुन सक्ने जनाएको छ ।

महाशाखाका अनुसार, भोलि दिउँसो सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ । आजजस्तै देशका पूर्व र पश्चिम क्षेत्रका केही स्थानमा भोलि पनि भारी वर्षाको सम्भावना छ ।

असार २७ गते (बुधवार) दिउँसो सामान्य बदली हुने प्रक्षेपण महाशाखाको छ । मध्य तथा पश्चिम क्षेत्रका केही स्थानहरुमा भने भारी वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?