Comments Add Comment

‘मिस्टर भर्जिन’ टिजरः ‘दिदी त्यो छ ?’


तीन यूवाको यौन मनोविज्ञानको कथालाई पर्दामा उठान गरेको चलचित्र ‘मिस्टर भर्जिन’को टिजर रिलिज गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारि, विजय बराल, कमलमणि नेपाल र मरिष्का पोखरेललाई देखाइएको छ ।

भदौ १ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । विशारद बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रको टिजरमा महिला साहुनी भएको पसलमा ‘कन्डोम’ किन्न असजिलो मान्ने तीन यूवाको शैलीलाई देखाइएको छ ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक यामको कोरियोग्राफी, मिलन डी काप्रिको सम्पादन छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, विशारद बस्नेतको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment