+
+

मुस्ताङ दुर्घटनामा मृत्यु भएकाको परिवारलाई ५ लाख दिइने

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते १३:५८

२५ असार, काठमाडौं । मुस्ताङको स्याङ्बोचेमा सडक दुर्घटनामा मृत्यु भएका २० जनाको परिवारलाई सरकारले ५/५ लाख रुपैयाँ राहत दिने भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी गराउँदै मृतकका परिवारलाई ५/५ लाख रुपैयाँ दिने जानकारी गराएका हुन् ।

मुस्ताङको स्याङ्बोचे लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर टि्रपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका १२ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै खतरामु्क्त रहेका छन् ।

मृतकको शव सम्बन्धित जिल्लामा नै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने गृहमन्त्री थापाले जानकारी दिए । दुर्घटनामा सबैभन्दा धेरै रोल्पाका ९ जना र दाङका ६ जनाको मृत्यु भएको थियो । त्यस्तै धादिङ, स्याङ्जा, ओखलढुंगा, कैलालीका १/१ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?