Comments Add Comment

कर्जा सुरक्षण कोषका सञ्चालकलाई सीईओको जिम्मेवारी

२५ असार, काठमाडौं । कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अर्थमन्त्रलायका सह-सचिव अर्जुनप्रसाद पोखरेललाई दिइएको छ ।

पूर्ववर्ती सरकारले गरेका सबै नियुक्ति बदर गर्ने योजनाअनुरुप निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्र पदमुक्त भए पछि सीईओको जिम्मेवारी पोखरेललाई दिइएको हो ।

आइतबार मन्त्रीस्तरको निर्णयबाट पोखरेललाई निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी दिइएको हो । मन्त्रालयका सह-सचिव पोखरेल कोषको सञ्चालक समेत हुन् ।

नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी भने अर्थमन्त्रालयका उपसचिव रमेश अर्याललाई दिइएको छ । जिम्मेवारी पाएसँगै अर्याल आइतबार नै नेप्सेको कार्यालयमा पुगि पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गरेका छन् ।

कोषका सीईओ मिश्र र नेप्सेका सीईओ चन्द्रसिंहसाउदलाई असोजमा देउवा सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment