Comments Add Comment

कार्यकर्ता कुटेको आरोपमा नेविसंघका नेता समातिए

२८ असार, काठमाडौं । आफ्नै कार्यकर्ता कुटेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता पक्राउ परेका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघकै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेको आरोपमा केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति पक्राउ परेका केन्द्रीय सदस्य शाहीलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

हाल उनलार्इ महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment