Comments Add Comment

बाग्मतीमा बाहुबली,फर्सी टिप्प बाढीमा हेलिए (फोटो फिचर)

२८ असार, काठमाडौं । बाढी आइरहेको उर्लंदो बागमतीमा एउटा फर्सी बग्दै आयो । फर्सी देख्ने बित्तिकै एक युवक ज्यान फालेर भेलमा मिसिए । जसोतसो पौडिएर उनले त्यो फर्सी बाहिर निकाली छाडे ।

लगातार वर्षापछि आएको बाढीले भक्तपुर जलमग्न भयो । बाग्मती नदीमा पानीको सतह बढेपछि नदी किनारमा रहेको सुकुम्बासी बस्तीमा पर्‍यो । बाढीले घरमा भएका समानहरु पनि बगाए ।

कसैको घर बढारेर बाग्मतीले बगाइरहेको सामान आउने क्रम चलिरह्यो । त्यही क्रममा एउटा फर्सी तैरिँदै आयो । नदी किनारमा रहेका एक युुवक धमिलो बाग्मतीमा हाम फालेका हुन् ।

टिन बग्दै आयो । फेरि दुई युवक भेलमा फाल हालेर त्यो टिपे । मुडो बगाएर ल्यायो । त्यो पनि बाढीबाट निकाले । मानिसहरुलाई आफ्नो ज्यान जोगाउने पीरसँगै धनमाल कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले सताइरहेको बेला उनीहरु भने बगाएर ल्याएको सामान जोड्नतिर लागेका थिए ।

बुधबार रातिदेखि परेको पानीले उपत्यकामा जीवन अस्तव्यस्त बन्यो । भक्तपुरका विभिन्न भेगसँगै ललितपुर र काठमाडौंमा नदी किनारका बस्ती बाढीमा डुबे । बाढीले अस्तव्यस्त पारेको दुःख आफ्नै ठाउँमा थियो ।

बाढीमा बगेको सामान निकाल्न हाम फाल्दै निस्कँदै गरेका युवकहरुलाई हेर्नेहरु भने रमाइलो मानिरहेका थिए ।

तराईमा बाढी बगाएर ल्याएको काठ टिप्न मानिसहरु भेलमा हाम फालेको दृश्य काठमाडौंमै देखियो ।

 

                  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment