+
+

आज भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २९ गते ९:१५

२९ असार, काठमाडौं ।  आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

भानु जयन्तीको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ । भानु प्रतिष्ठानका अध्यक्ष डा. व्रतराज आचार्यका अनुसार काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आमन्त्रण गरिएको छ ।

यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिएका थिए । उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए।

उनका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौँ साहित्यिक कृति  प्रकाशित छन् ।

आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह  गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?