Comments Add Comment

नेपाललाई एकताबद्ध गर्न भानुभक्तको योगदान महत्त्वपूर्णः प्रधानमन्त्री

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् ।

२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधरण र कालजयी रहेको भन्दै प्रशंसा गरे ।

‘भानुभक्तले साहित्यमार्फत् समाज सुधारमा ठूलो योगदान पुर्याउनु भएकोछ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृतिको आफ्नै महत्त्व रहेको बताए ।

प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा निर्णय गरेर सम्बोधन गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment