Comments Add Comment

ऐश्वर्या र प्रियंकाको दुश्मनीले अभिषेक चेपुवामा

बलिउड नायिकाद्वय ऐश्वर्या राय र प्रियंका चोपडाबीच कुनै झैझगडा परेको त होइन, तर उनीहरु एक अर्कालाई दुश्मनको व्यवहार गर्छन् । यसको कारण हो उनीहरुको समान पृष्ठभूमि ।

ऐश्वर्या र प्रियंका केही वर्षको अन्तरालमा मिस वल्र्ड भएका हुन् । मिस वल्र्ड भएपछि दुवैले बलिउडमा इन्ट्री गरे र उच्च स्थानमा पुगे । ऐश्वर्याले बिहे गरेर सन्तान जन्माइसकेकी छिन् भने प्रियंका अविवाहित नै छिन् ।

ऐश्वर्याका श्रीमान अभिषेक बच्चनले विगतमा फिल्म ‘ब्लफमास्टर’ मा प्रियंकासँग काम गरेका थिए । सो फिल्ममा ऐश्वर्यालाई रिप्लेस गरेर प्रियंका आएकी थिइन् । त्यहाँदेखि नै उनीहरुबीचको दुश्मनी चुलिएको हो ।

यो दुश्मनी अहिलेसम्म पनि यथावतै रहेको पुष्टि भएको छ । अभिषेकलाई हालै निर्मात्री सोनाली बोसले एउटा फिल्मका लागि अफर गरिन् । सो फिल्ममा नायिकाका रुपमा प्रियंका अनुवन्धित भइसकेकी थिइन् । फिल्म नपाएर तड्पिरहेका अभिषेक सोनालीको प्रस्तावमा आकषिर्त भएका थिए । तर, जब उनले ऐश्वर्याले प्रियंकाको नाम सुनिन् उनले अभिषेकलाई यो फिल्म साइन गर्न रोकिन् । पछि यो फिल्ममा अभिषेकको ठाउँमा फरहान अख्तरलाई लिइएको छ ।

श्रीमानलाई फिल्म खेल्न नदिएको समाचार मिडियामा आएपछि ऐश्वर्याले विज्ञप्ति नै जारी गरेर खन्डन गरेकी थिइन् । उनले खन्डन गरे पनि अभिषेक भने यो विषयमा मौन छन् ।

ऐश्वर्या हालै सामाजिक सञ्जालमा इन्ट्री गरेकी छन् । उनले इन्स्टाग्राममा आफ्नो अकाउन्ट खोल्नासाथै फलोअर्सहरु उच्च दरमा बढिरहेका छन् । चाँडै नै उनले फलोअर्सको संख्यामा प्रियंकालाई उछिन्न सक्ने सम्भावना छ । त्यसले गर्दा पनि प्रियंका पिरोलिएको चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment