Comments Add Comment

ढल्केबर सबस्टेसन चार्ज भयो, भारतबाट थप बिजुली ल्याउन सकिने


३० असार, काठमाडौं । मुजफ्फरपुर-ढल्केबर प्रशारणलाइन क्षमता विस्तार अन्तरगत नेपालतर्फको नयाँ सबस्टेसनको निर्माण सकिएको छ । २ सय २० केभीको सबस्टेसन निर्माण सकिएको र शनिबार एउटा ट्रान्सर्फमर चार्ज भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यसको निर्माण काममा संलग्न सेन्ट्रल चाइना पावर ग्रीड (सीसीपीजी) ले ढिलाइ गरेपछि गत असोजमा ३० करोड जरिवाना गरेर ठेक्का तोडिएको थियो । अन्योलहरु चिर्दै भारतीय टेलमोस इलेक्ट्रोनिक्सले बल्ल सबस्टेसन निर्माण गरेको हो । चिनियाँ कम्पनीले ८० र भारतीय कम्पनीले २० प्रतिशत काम गरेपछि आयोजनाको काम सम्पन्न भएको हो ।

नेपालतर्फको २२०/१३२ केभी १६० एमभीएको ट्रान्सर्फममर चार्ज भएको र यस्तै क्षमताको अर्को ट्रान्सर्फमर आइतबार चार्ज हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । अब आगामी सुख्खायाममा यो सबस्टेशनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्न सकिने छ ।

‘यो ट्रान्सर्फमरलाई अहिले १३२ केभि साइडबाट चार्ज गरिएको हो । अब उक्त प्रसारण लाइन मार्फत २२० केभीमा थप बिद्युत ल्याउन सकिनेछ र भारततर्फ पठाउन सकिने विद्युतको परिमाण समेत बढ्नेछ, अधिकारीले भने ।

०७२ सालमा सम्पन्न गर्नुपर्ने सवस्टेसन ठेकेदार कम्पनी र त्यतिबेला प्राधिकरणको उच्च नेतृत्वको लापरवाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएका थिए । पछि अर्का ऊर्जामन्त्री महेन्द्रबहादुर शाही पनि त्यहाँ पुगेर त्यस्तै चेतावनी दिएका थिए ।

तर, सीसीपीजीले पछिल्लो समय तीनवटा सर्त राख्दै काम रोकेको थियो । प्राधिकरणले यो कम्पनीलाई १ अर्ब ४२ करोडमा सामानको रकम र जडान चार्जबापत ६० करोड तिर्ने सम्झौता गरेको थियो । पछि सम्झौता तोडेरै काम अघि बढाइएको थियो ।

यही प्रसारणलाइनलाइई ४४०/२२२ मा पनि चार्ज गर्न लागिएको छ । जसका लागि पनि सबस्टेसन निर्माणको काम अघि बढाइएको छ । सन् २०१९ को सेप्टेम्बर भित्रै काम सक्ने गरि काम अघि बढेको प्राधिकरणले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment