Comments Add Comment

माछा वा समुन्द्री खाना खानुअघि  एकछिन सोचौं त 

माछा खानु राम्रो हो, स्वास्थ्यका लागि । माछा ओमेगा-३ को राम्रो स्रोत हो । तर आफ्नो आवश्यक्ता पूर्ति गर्ने चक्करमा लागेका हामीले अलि फराकिलो आँखाले पनि केही कुरा हेर्ने हो कि ?

हाम्रो पृथ्वीको दुई तिहाइ भागमा समुन्द्र फैलिएको छ र विश्वको करिब ५५ प्रतिशत समुन्द्री इलाकामा कारोबारको लागि माछा मार्ने काम भइरहेको छ ।

यो विश्वभरमा खेती गरिने जमिन भन्दा चार गुणाले बढी हो । माछा मार्न धेरैजसो मानिसहरुले फिसिङ कानूनको पालना गरेपनि केहिले भने त्यसको उल्लंघन गर्ने गर्छन् ।

यसले व्यापार र समुन्द्र दुवैलाई नोक्सान पुर्याउँछ । यस्ता मानिसहरुले आवश्यकता भन्दा धेरै माछा समुन्द्रबाट निकाल्छन् । यसले समुन्द्रमा माछाको सन्तुलन बिग्रन्छ र माछापालनमा पनि नोक्सान पुग्छ ।

अरबौं डलरको कारोबार

धेरै देशहरुले माछा मार्ने कानून कडाइका साथ लागु गरेका छैनन् । यसै कारणले पनि गैर कानूनी तरिकाले माछा मार्ने कारोबार लाखौं डलरसम्म पुगेको छ ।

कानूनी र गैरकानूनी दुवै तरिकाबाट हरेक वर्ष करिव २३ अर्ब डलरको माछा समुन्द्रबाट मात्रै निकालिन्छ । विश्व खाद्य संगठनका अनुसार समुन्द्रमा माछाको सङ्ख्या कम भएमा विश्वभरमा लाखौं मानिसहरुको जागिर जाने मात्रै होइन खाद्यसंकट पनि पैदा हुन सक्छ ।

खासमा गैरकानूनी तरिकाले माछा मार्ने काम लुकिछिपी हुन्छ । समुन्द्रमा लाखौं जहाजहरु माछा मार्नको लागि प्रयोग हुन्छन् । यस्तोमा कसले वैध र कसले अवैध तरिकाले माछा मारिरहेको छ भन्ने पत्ता लगाउन पनि मुस्किल हुन्छ ।

यसमा रोक लगाउने उद्धेश्यले सन् २०१६ मा स्काई ट्रुथ र गुगलको सहयोगमा ग्लोबल फिसिङ वाच तयार गरिएको छ, जसले स्याटेलाईट डाटाको मद्धतले पर्यावरण संरक्षणको काम गर्छ ।

यो एक म्यापिङ प्ल्याटर्फम होे । यो म्यापको माध्यमले विश्वभरमा चलिरहेको कमर्सियल फिसिङ पत्ता लगाउन सकिन्छ ।

स्याटेलाइटको प्रयोग

समुन्द्री पर्यावरण संरक्षणको लागि काम गरिरहेको संस्था ओसियानाले समुन्द्रमा चलिरहेको गैरकानूनी गतिविधिमा नजर राख्न यो डाटाको प्रयोग गरिरहेको छ ।

धेरै ठूला ठूला जहाजहरुमा अटोमेटिक आइडेन्टिफिकेसन् सिस्टम अर्थात एआइएस लगाइएको हुन्छ । यसबाट स्याटेलाइटको माध्यमले जहाजहरुको स्थिती थाहा हुन्छ र सानो जहाजहरुसँग ठोक्किनबाट बँच्छ ।

यो डाटाको प्रयोगबाट करिब ७० हजार जहाजहरु देख्न सकिन्छ । एआइएसकाको कारणले ग्लोबल फिसिङ वाच आँकडाबाट कुन जहाज कुन समयमा माछामारिरहको छ भन्ने थाहा हुन्छ ।

नक्सामा देख्न सकिने रातो रंगको इलाकालाई नो टेक भनिन्छ । यो समुन्द्रको संरक्षित क्षेत्र हो । जहाँ व्यावसायीक रुपमा माछा मार्ने इजाजत छैन ।

उक्त रातो चिन्हले वल्र्ड हेरिटेज साइटमा संरक्षित फिनिक्स द्विपलाई दर्शाउँछ । यो द्विप किरिबाटी देशको हो । यो इलाकामा किरिबाटीको समुन्दि्र कानून चल्छ । सन् २०१५ जनवरी १ देखि यहाँ माछा मार्न गैरकानूनी माएकिो छ ।

तर प्रतिबन्धको बाबजुद पनि संरक्षित क्षेत्रमा गैरकानूनी तरिकाले माछा मार्ने काम भैरहेको छ । यो प्रविधिके मद्धतले नै किरिबाटी जस्तो सानो देशले गैरकानूनी रुपमा माछा मार्ने कम्पनीलाई बीस लाख डलरको जरिवाना लगायो । किरिबाटी जस्तो देशको लागि यो रकम धेरै ठूलो थियो । यो रकम देशको कुल ग्राहस्थ उत्पादनको एक प्रतिशत थियो ।

ग्लोवल फिसिङ वाचले जहाजहरुमा लगाइएको एआइएसको बत्तीको माध्यमबाट उनीहरुलाई पहिचान गर्छ । यदि जरिवाना यति ठूलो छ भने यी जहाजहरुले एआइएसको बत्तिहरु किन निभाउँदैनन् भन्ने प्रश्न उठ्न सक्छ ।

तर, यदि जहाजले बत्तिहरु निभाउँछन् भने उनीहरुको लागि नै खतरा हुन सक्छ । यस्तो गर्नाले रातमा अर्को जहाजसँग ठोक्किने सम्भावना धेरै बढ्न सक्छ ।

यदि कुनै जहाजले यस्तो गर्छ भने पक्कै पनि उ कुनै अवैध काममा लागेको हुन सक्छ । हुन सक्छ उ कुनै देशको समुन्दि्र इलाकामा प्रवेश गरेको छ, जहाँ उसलाई जाने अनुमति छैन् वा हुनसक्छ कि उनीहरु प्रतिबन्धित इलाकामा माछा मारिरहेका छन् । ग्लोबल फिसिङ वाचले यस्ता हर्कतहरु पनि आफ्नो क्यामेरामा कैद गरेको छ ।

गैर कानूनी रुपमा माछा मार्ने काम

ग्लोबल फिसिङ वाचको माध्यमले ट्रान्सशिपिङ माथि पनि नजर राख्ने गर्छ । ट्रान्ससिपिङको समयमा जहाजले समातिएको माछाहरु कार्गो जहाजमा सिफ्ट गर्छन् । उनीहरुले यहिँ तेल पनि भर्छन् । ट्रान्ससिपिङको माध्यमले जहाज कैयौं महिनासम्म पनि समुन्द्रमै रहन सक्छ ।

तर, कैयौं स्थानहरुमा यसको पनि अनुमति छैन । वास्तवमा यस दौरान गैरकानूनी गतिविधिहरु हुने सम्भावना हुन्छ जस्तै मानवतस्करीको खतरा बढ्छ । या हुन सक्छ यदि कुनै कर्मचारी जान चाहन्छ भने उनीहरुलाई बन्दी बनाएर राख्न सकिन्छ ।

अमेरिकी विदेश मन्त्रालयको रिपोर्ट अनुसार माछा मार्ने उद्योगमा कम उमेरका बच्चाहरुलाई तस्करीको माध्यमबाट ल्याएर काममा लगाइन्छ । करिब ४० प्रतिशत कर्मचारी १८ भन्दा कम उमेरका हुन्छन् । त्यस्तै यहाँ मारपिट पनि खुब हुने गर्छ । – बिबिसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment