Comments Add Comment

सानिमा बैंकद्वारा ‘टीच फर नेपाल’ लाई आर्थिक सहयोग


३१ असार, काठमाडौं । सानिमा बैंकले ‘टीच फर नेपाल’ नामक संस्थालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बै‌ंकोे कोन्ज्योसोम शाखा उद्घाटनका क्रममा उक्त संस्थालाई सहयोग रकमको उक्त चेक हस्तान्तरण गरिएको हो ।

बैंकले विगत ५ बर्षदेखि सामाजिक उत्तरदायित्व अन्र्तगत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । हालसम्म १ सय ८९ विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको बैंकले जानकारी दिएको छ ।

सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शिताका साथ ‘टीच फर नेपाल’ बिगत ५ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment