Comments Add Comment

गायकलाई अंकमाल गरेको आरोपमा युवती गिरफ्तार

एक्काइसौँ शताब्दीको यो युगमा केही मुस्लिम देशहरु महिला अधिकारको क्षेत्रमा कति क्रूर छन् भन्ने कुरा साउदी अरबको पछिल्लो घटनाले पुष्टि गरेको छ ।

साउदी अरबमा हालै एकजना गायकलाई अंकमाल गरेको अभियोगमा एकजना महिला दर्शक पक्राउ परेकी छिन् ।

साउदीको पश्चिमी सहर तैफमा शुक्रबार यो घटना भएको हो । त्यहाँ लाइभ कन्सर्ट भैरहेको बेला प्रस्तुती दिइरहेका गायक माजिद अल मोहन्जितलाई एक महिलाले स्टेजमै गएर अंकमाल गरेकी थिइन् ।

त्यसपछि त्यहाँ उपस्थित महिला सुरक्षाकर्मीहरुले ती युवतीलाई तत्कालै पक्राउ गरे । ती युवतीलाई पुलिसको हिरासतमा राखिएको र उनीमाथि आपराधिक उत्पीडन सम्बन्धी कानूनका आधारमा सरकारी मुद्धा चलाइने बताइएको छ ।

स्मरण रहोस् साउदीमा महिलालाई सार्वजनिक स्थानमा आफ्नो परिवार बाहेकको पुरुषसँग भेट गर्न निषेध छ । मदिरा, पहिरन तथा महिलाका विषयमा निकै सख्त कानून रहेको साउदी अरबमा सार्वजनिक समारोहमा महिलाको उपस्थितिका विषयमा पछिल्लो समय केही लचकता अपनाउने प्रयास गरिएको छ ।

युवराज मोहम्मद बिन सलमानले गत वर्ष सुरु गरेको भिजन २०३० अन्तर्गत सुरु गरिएको सुधारमा सांस्कृतिक तथा मनोरञ्जनात्मक खर्चलाई बढाएर वार्षिक ६ प्रतिशतमा पूराइएको छ ।

महिलाहरुलाई पहिलोपटक फुटबल म्याच तथा कन्सर्ट हेर्न छुट दिइएको छ । गत डिसेम्बरमा पहिलोपटक साउदी अरबमा लेबनानी गायिका हिबा तावाजीको कन्सर्टको आयोजना गरिएको थियो । त्यो नै साउदीमा आयोजित पहिलो आधिकारिक महिला कन्सर्ट हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment