Comments Add Comment

ट्याक्टर दुर्घटना हुँदा सोलुखुम्बुमा १ जनाको मृत्यु


१ साउन, सोलुखुम्बु । जिल्लाको दूधकुण्ड नगरपालिका–३, बोल्दोमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ट्याक्टरमा मजदुरी गर्दै आएका स्थानीय २२ वर्षीय जीवन तामाङ रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

हिजो बेलुकी ७ बजे बोल्दोबाट ढुङ्गा लिएर सल्लेरीतर्फ जाँदै गरेको ट्याक्टर सडकबाट अन्दाजी ६५ मिटर तल खोलामा खसेको थियो । ट्याक्टर खोलाको पानीमा डुवेको र चालकलार्इ नियन्त्रणमा लिएको प्रहरी चौकी तामाखानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment