Comments Add Comment

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दाहाल नियुक्त

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पुरुषोत्तम दाहाल नियुक्त भएका छन् ।

कांग्रेस उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले दाहाललाई बिहीबार नियुक्त गरेका हुन् ।

चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहाल ३४ वर्षदेखि प्राध्यापनमा पनि संलग्न छन् । २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकार समेत हुन् ।

यसअघि दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment