Comments Add Comment

नेकपासम्वद्ध चिकित्सकहरुले स्वास्थ्य संस्था बन्दको अवज्ञा गर्ने

२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध चिकित्सकहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय अवज्ञा गर्ने भएका छन् ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका हुन् ।

चिकित्सक संघले भने डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार उदासिन भएको भन्दै भोलि आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

डा. केसीसँग वार्ता सुरु भइसकेको अवस्थामा चिकित्सक संघद्ध राजनीतिक पार्टीको गोटी बनेको तत्कालीन एमाले र माओवादीसम्वद्ध चिकित्सकहरुको संस्थाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment