Comments Add Comment

वानेश्वरमा विपक्षी तीन दलको बैठक, केसी अनसनबारे साझा धारणा बनाउने


३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र नयाँ शक्ति पार्टीबीच चिकित्सा शिक्षा विधेयक र गोविन्द केसीको आमरण अनसनबारे साझा धारणा बनाउन छलफल भएको छ ।

संघीय संसद भवन नयाँ वानेश्वरमा भएको तीन दलको बैठकमा चिकित्सा शिक्षा विधेयक र केसीको अनसनको विषयमा साझा धारणा बनाउने र संसदमा सशक्त आवाज उठाउने विषयमा छलफल भएको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सहभागी छन् ।

नेपाली कांग्रेसले गोविन्द केसीको आमरण अनसनप्रति सरकार गम्भीर हुनुपर्ने र चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक आउनुपर्ने भनाइ राख्दै संसद अवरुद्ध गर्दै आएको छ । संसद बैठक बिहीबार दिउँसो १ बजेलाई डाकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment