
४ साउन, काठमाडौं । प्रहरीले स्रोत नखुलेको करिब १ लाख ५० हजार रूपैयाँ बराबरको सुनको गहनासहित बालाजुबाट एक जनालार्इ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ नयाँबसपार्कस्थित कमल गेष्ट हाउसमा बस्ने सुनसरी धरान नगरपालिका–१ घर भएका २४ वर्षीय आशिष श्रेष्ठ छन् ।
प्रहरीको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त टोलीले बालाजुको गंगाहल नजिकबाट उनीहरूलार्इ बिहीबार पक्राउ गरेको जनाइएको छ ।
थप अनुसन्धान भइरहेको बताइएको छ ।