Comments Add Comment

खटपट जहाँ, प्रेम त्यहाँः पति-पत्नीबीच नोकझोंकको एक अलग मजा


‘अक्सर पति-पत्नीबीच बर्षभरमा ३ सय ६५ पटक नै खटपटछ भइरहेको हुन्छ ।’ केही समयअघि गरिएको एक सर्वेको निष्कर्ष यस्तै थियो । यदी कुनै पती-पत्नीले आफुहरुबीच कुनै किसिमको खटपट, तर्क-वितर्क, मतभेद हुँदैन भन्छ भने, त्यस्तो आदर्श जोडी एकदमै दुलर्भ मान्नुपर्ने हुन्छ । या त उनीहरुले आफ्नो कुरामा फुलबुट्टा भरेको हुनुपर्छ । झुट बोलेको हुनुपर्छ ।

हुन त सबै दम्पतीको प्रवृत्ति एकनास हुँदैन । कोही झगडालु हुन्छन्, कोही नौटंकी हुन्छन्, कोही समझदार हुन्छन्, कोही भद्र हुन्छन् । जे-जस्तो दम्पती भएपनि उनीहरुमा मतभेद, तर्कवितर्क हुन्छ नै । नोकझोंक हुन्छ । भनिन्छ, दाम्पत्य जीवनलाई यीनै कुराले सुरुचीपूर्ण पनि बनाउँछ ।

घुर्की लगाउने र फकाउने उपक्रम

घरव्यवहार, पारिवारिक कुरा, निजी विचार वा इच्छा, आकंक्षा, अपेक्षा लगायत स-सना कुरामा पति र पत्नीबीच मत बाझिन्छ । उनीहरु त्यही निहुँमा भनाभन गर्छन् । एउटा ठुस्किन्छन् । घुर्की लगाउँछन् । तर, त्यस्तो कति समयसम्म टिक्ने ?

कुनै न कुनै बखत बोल्नैपर्ने हुन्छ । मुख खोल्नैपर्ने हुन्छ । त्यसैले फेरी अर्को बहाना बनाएर उनीहरु बोल्न खोज्छन् । बाहाना अनेक हुन्छन् । रिसाएका पार्टनरलाई मनपर्ने गीत सुनाएर हुन्छ कि, कुनै काम गरेजस्तो गरेर हुन्छ कि, मिठो खानेकुरा पकाइदिएर हुन्छ कि, सानोतिनो उपहार दिएर हुन्छ कि फकाउने बाहना खोजिन्छ ।

यसरी फकाई-फुल्याई गरेपछि दुबै फेरी एकाकार हुन्छन् । हाँस्छन् । गफिन्छन् । आत्मिय व्यवहार गर्छन् । एकअर्काको तारिफ गर्छन् । केयर गर्छन् । तर, यस्तो सुमधुर वातावरण कहिलेसम्म रहने ? एक दिन ? एक हप्ता ? एक बर्ष ? बर्षौ बर्ष ?

केही सानो निहुँ आइपर्छ र फेरी पति-पत्नीबीच भनाभन सुरु हुन्छ । उनीहरु आफ्नो तर्कले एकअर्कालाई जित्न खोज्छन् । आफु हावी हुन खोज्छन् । पार्टनरलाई गलाउन वा हराउन खोज्छन् । नोकझोंक हुन्छ । झगडा हुन्छ । बोलचाल बन्द ।

फेरी फकाउने, फुल्याउने उपक्रम दोहोरिन्छ । हरेक दम्पतीमा यस्तो हुन्छ । भलै, त्यो झगडाले कुन रुप लिने वा झगडा कुन विन्दुबाट सुरु हुन्छ भन्ने कुरा ति दम्पतीको मानसिकता, सोच, प्रवृत्ति, व्यवहार र अवस्थामा निर्भर रहन्छ ।

झगडाको प्रवृत्ति

एक दम्पती, जो अति सानो निहुँमा झगडा गरिहन्छन् । अर्का दम्पती जो, त्यस्ता सानोतिनो कुरालाई वास्तै गर्दैनन् । एक दम्पती, जो एकअर्कालाई सनोतिनो कुरामा दोषरोपण गरिरहन्छन् । अर्का दम्पती, जो सानोतिनो कुरामा दोष लगाउन उचित ठान्दैनन् । यी भनेका, उक्त दम्पतीको सोच्ने क्षमता र प्रवृत्तिले निर्धारण गर्ने कुरा हो ।

कुनै दम्पती सामान्य विषयमा पनि झगडा गर्छन् । त्यही आगोमा घिउ थप्ने होडबाजी चल्छ । उनीहरुको झगडाको क्लाइमेक्स हात हालाहालमा पुगेपछि मात्र टुंगिन्छ ।

कति दम्पती सामान्य विषयमा मतभेद पैदा हुन्छ । पार्टनरले त्यसमा कडा प्रतिक्रिया जनाउन थाल्छ । तर, अर्का पार्टनर त्यो झगडालाई अगाडि बढाउन चाहँदैनन् । चुपचाप सहन्छ वा फकाइ फुल्याइ गर्छ वा आफ्नो गल्ती स्विकार गर्छ ।

परालको आगो

नेपालीमा एउटा भनाई छ, ‘पति-पत्नीको झगडा परालको आगो ।’ न सल्कन समय लाग्ने, न खरानी बन्न नै । क्षणमै झगडा, क्षणमै साम्य ।
व्यवहारिक जीवन चलाउने क्रममा पति-पत्नीबीच कतिपय तालमेल मिदैनन् । एउटाले सोचेजस्तो अर्काले गर्दैनन् । एउटाको अपेक्षा अर्काले पुरा गर्दैन । त्यही निहुँमा उनीहरुबीच मतभेद हुन्छ ।

बच्चा जन्माइसकेका दम्पतीबीच झगडाको एउटा कारण बच्चा हुनेगर्छ । बच्चाको निहुँमा पति-पत्नीबीच सानोतिनो मतभेद रहन्छ । बच्चाप्रति दुबैको धारणा र व्यवहार एकनास नहुँदा पनि मनमुटाव हुनेगर्छ । बच्चालाई कसरी हुर्काउने, कसरी पढाउने, के बनाउने, के नबनाउने भन्ने कुरामा पति-पत्नीको बिचार बाझिन्छ । यस्ता कुरामा एकमत हुनका लागि उनीहरुको झगडाले एउटा निष्कर्ष भने निकाल्छ । जब पति पत्नीबीच भनाभन हुन्छ, तर्क-वितर्क चल्छ, त्यसले एउटा ठोस निर्णय निकाल्छ । वास्तवमा यही कारण पति-पत्नीमा हुने कतिपय मतान्तर फाइदाजनक हुन्छ ।

आखिर जे भएपनि उनीहरुको झगडा आफ्नै दाम्पत्य जीवन, पारिवारिक जीवनमा केन्दि्रत रहन्छ । दुबैको धारणा, चाहना, आकंक्षा भनेकै परिवारलाई समृद्ध बनाउनका लागि हुन्छ । सुखी बनाउनका लागि हुन्छ । खुसी बनाउका लागि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment