Comments Add Comment

राप्रपा प्रजातान्त्रिकमा विभाग र समितिका प्रमुख तोकिए

६ साउन, काठमाडौं । राप्रपा प्रजातान्त्रिकले पार्टीका विभिन्न समिति र विभागको प्रमुखहरु चयन गरेको छ । आइतबार बसेको बैठकले पार्टीका १३ विभागका प्रमुखहरु चयन गरेको हो ।

जसअनुसार वरिष्ठ उपाध्यक्ष दीपक बोहरालाई उच्चस्तरीय अनुगमन समितिको संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष केशरबहादुर विष्ट स्थानीय निकाय परिचालन विभाग, विष्णु भट्टराई न्यायिक विभाग, प्रदीय उदय प्रचार विभाग, घनश्याम गिरी राजनीतिक विभाग, दिलीब बस्नेत जनसम्पर्क विभागको प्रमुख बनेका छन् ।

त्यस्तै ध्रुवबहादुर रायमाझी किसान संगठनका संयोजक, आङनिमा लामा आदिवासी जनजाति महासंघ, सलाउद्दिन जसगढ मुस्लिम विभाग, गोपी ढकाल सम्पर्क समाज समन्वय विभागका प्रमुख तोकिएका छन् ।

धर्म संस्कृति समन्वय विभाग प्रमुखमा जीवनराज विष्ट, कानुन विभागमा चन्द्र काफ्ले, शिक्षक परिषदमा गेहराज पण्डित प्रमुख चयन भएका राप्रपाले जनाएको छ । राप्रपा प्रजातान्त्रिकले सल्यानका सन्तोष राई र दाङका तेजबहादुर बस्नेतलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेको प्रवक्ता राजेन्द्र गुरुङले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सरकारले दुई तिहाइको दम्भ पालेर जनआकांक्षा विपरीत राज्य सत्तालाई अधिनायकवादतर्फ उन्मुख गराएको भन्द्र राप्रपा प्रजातान्त्रिकले साउन १६ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै केन्द्र, प्रदेश र स्थानीय तहको सरकारबाट करको सैद्धान्तिक अवधारणा विपरीत कर बढाएको भन्दै फिर्ता लिन पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment