Comments Add Comment

डा. केसीसँग सहमति खोज्न नारायणकाजीको दौडधुप

शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटे

६ साउन, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीच सम्वादहीनता कायमै रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सहमतिको प्रयासका लागि दौडधुप सुरु गरेका छन् ।

दिनभर पार्टीका नेताहरु, नागरिक समाजका अगुवाहरुसँग छलफल गरेका श्रेष्ठ साँझ पनि डा. केसीलाई भेट्न अनसनस्थल शिक्षण अस्पताल समेत पुगेका थिए । यो पटक अनसनरत डा. केसीलाई भेट्न उनी सत्तारुढ दल नेकपाका पहिलो नेता हुन् ।

डा. केसीसँग भएको भेटमा आफूले स्वास्थ्य परीक्षण गर्न समेत अस्वीकार गरेको सुनेको भन्दै उपचारमा सहयोग गर्न आग्रह गरेको श्रेष्ठले बताए । डा. केसीले भने केही जवाफ दिएनन् ।

त्यसअघि उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

उनले मानवअधिकारकर्मी कृष्ण पहाडी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की लगायत डा. केसीको समर्थनमा रहेका नागरिक अगुवाहरुसँग पनि छलफल गरेका छन् ।
श्रेष्ठ डा. केसीका सहयोगी अभिषेक सिंह लगायतसँग पनि निरन्तर सम्वादमा रहेको बताइएको छ ।

डा. केसी २३ दिनदेखि अनसनमा छन् । जुम्मामा अनसन बसेका उनलाई सरकारले बिहीबार काठमाडौं ल्याएको थियो । तर, उनले उपचार लिन मानेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment