+
+

आन्दोलनका थप कार्यक्रम घोषणा हुन्छः उपसभापति निधि

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ८ गते ११:४५


८ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

एक साता लामो यूरोप भ्रमण सकाएर मंगलबार स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘हुबहु पारित नगरेसम्म आन्दोन जारी रहन्छ ।’

सम्बोधन भइसकेको विषयलाई सरकारले खोतलेर अनावश्यक विवाद सिर्जना गरेको उनको आरोप छ । निधिले साउन १० गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

सरकारको रबैयाबिरुद्ध कांग्रेस सडक र सदन दुवै मोर्चामा उत्रिएको भन्दै दमनमा नउत्रिन सरकारलाई चेतावनी दिए ।

कांग्रेस उपसभापति निधि नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन २ साउनमा यूरोप गएका थिए । उनी भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?