+
+

मार्सी चामल बासमती जस्तो मिठो हुन्नः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ८ गते १८:५१


८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको बताएका छन् । नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा पार्टी अध्यक्ष समेत रहेका उनले प्रचण्ड र आफू दुर्गा प्रसाइँकहाँ गएको र मार्सी चामलको भात खाएको बताए ।

प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’ प्रधानमन्त्री ओलीले भने, फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’

बासमती चामल खानेहरु मार्सी चामल भन्दै हिँडेको उनले अघि भने, त्यस्तो मिठो पनि हुँदैन ।’

तर, विपक्षी कांग्रेस निरिह भएर मार्सी चामलको विज्ञापनमा हिँडेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?