+
+

पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडक एकतर्फी खुल्यो

टोपराज शर्मा टोपराज शर्मा
२०७५ साउन ९ गते ८:१७
फाइल तस्वीर

९ साउन, बुटवल । पहिराले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्सनजिकै पहिरो खसेपछि राति ११ बजेदेखि सडक अवरुद्ध भएकोमा डोजरले पहिरो पन्छाएपछि बिहान साढे ६ बजेदेखि एकतर्फी सुचारु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

पूरै पहिरो पन्छाएर सडक दुईतर्फी रुपमै सञ्चालनमा ल्याउन भने समय लाग्ने प्रहरीले जनाएको छ ।

रातभर रोकिएका सवारी साधनहरु अहिले गन्तव्यतर्फ अघि बढेका छन् ।

माथिल्लो सिद्धबाबा मन्दिरनजिकै हेडबक्स भन्ने स्थानमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?