Comments Add Comment

सञ्जय दत्तकी दिदी रामगोपालमाथि खनिइन्

राजकुमार हिरानीद्वारा निर्देशित सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ ले व्यापारिक सफलता हासिल गरे पनि आलोचना मुक्त रहन सकेन । फिल्मले सञ्जय दत्तका नकारात्मक पक्षहरुलाई लुकाएको र उनको धमिलो छवि सङ्ल्याउन खोजेको आरोप आलोचकहरुले लगाएका छन् ।

यीनै आरोपहरुका बीच निर्देशक रामगोपाल बर्माले सञ्जय दत्तमाथि अर्को बायोपिक बनाउने घोषणा गरे । सञ्जुमा लुकाइएका धेरै कुराहरु नयाँ बायोपिकले खोल्ने उनको भनाई थियो ।

बर्माले ‘सञ्जुः द रियल स्टोरी’ नाममा बायोपिक बनाउने तयारी थालिसकेका छन् । यसमा १९९३ को बम विष्फोटमा सञ्जय दत्तको संलग्नता र एके ४७ राइफल राखेको प्रसंगलाई महत्व दिइने बर्माको भनाई छ ।

यो समाचार सार्वजनिक भए लगत्तै सञ्जय दत्तकी दिदी नम्रताले निर्देशक बर्माप्रति आक्रोश व्यक्त गरेकी छन् । विगतका नकारात्मक कुराहरु कोट्याएर सञ्जयलाई पीडा नदिन उनको आग्रह छ ।

‘विगतमा जे भयो भयो । सञ्जयले अब ती कुरा सम्झिन चाहँदैन । सञ्जय दत्तलाई बुझ्न चाहनेहरुका लागि सञ्जु नै काफी छ । अब अर्को बायोपिक आवश्यक छैन,’ उनले एक अन्तरवार्तामा भनिन् ।

यद्यपि, बर्मा भने बायोपिक बनाउने योजनाबाट पछि हट्ने मुडमा छैनन् । उनले भने, ‘म कुनै हालतमा पनि बायोपिक बनाउँछु । यसका लागि तयारी थालिसकेको छु ।’

यस विषयमा सञ्जय दत्तको भने प्रतिक्रिया सार्वजनिक भएको छैन । बर्माले सञ्जयसँग बायोपिकका विषयमा सहमति लिएको वा नलिएको केही बताएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment