+
+

डेटिङ आइडियाजः पहिलो डेटमा भुलेर पनि नसोध्नुहोस् यी ८ प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १० गते १३:२१

मानौ तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ । प्रेमी वा प्रेमिकाले पहिलो पटक डेटको प्रस्ताव राखे । अब तपाईंको मनमा एउटा प्रश्न आउँछ, डेटिङ कहाँ जाने ?

कुनैपनि रोज्जा र सुरक्षित ठाउँ फेला पार्नुहुनेछ । त्यसपछि अर्को प्रश्न आउँछ, के लगाएर जाने ।

लुगाफाटोको पनि बन्दोबस्ती गर्नुहुन्छ । तर, अझै तपाईको समस्या हल हुँदैन । मनमा कता के के खेलिबस्छ । डेटिङमा कसरी पेश हुने, के भन्ने, के कुरा गर्ने ?

हो, यही कुराले तपाईंको मनमा उथलपुथल ल्याउँछ । किनभने पहिलो डेट नै खल्लो भयो भने तपाईंको प्रेम सम्बन्धमा तित्तता आउन सक्छ । वा आपसी मतभेद पैदा हुनसक्छ ।

पहिलो डेटको तयारी

प्रेमको परिभाषा व्यापक छ । प्रेम मानव जीवनमा नभइ नहुने कुरा पनि हो । उमेर पुगेका युवायुवती बीचमा प्रेमसम्बन्ध हुनुलाई ठूलो कुरा पनि मानिँदैन ।

प्रेमको गर्ने तरिकामा समयसँगै परिवर्तन हुँदै आएको पाइन्छ । पहिलेको जमानामा मेलापात, गोठालो, रोधीमा भेट भएर माया प्रेम गाँस्ने चलन थियो । तर, आजकाल कलेजमा भेट भएर, कुनै पार्टीमा भेट भएर वा अनलाइनमा कुराकानी भएर विस्तारै प्रेम गासिन्छ ।

प्रेमसम्बन्धको सुरुवाती चरणको रुपमा पहिलो भेट वा पहिलो डेटलाई लिइन्छ । यसैको आधारमा सम्बन्धको भविष्य तय हुन्छ । पहिलेका युवायुवतीहरु एकअर्कासँगको पहिलो भेटमा लजाउने गरे पनि अहिलेका युवायुवतीहरु डेटिङमा निर्धक्कसँग एक अर्कासँग कुरा गर्छन ।

यु्वायुवतीहरु डेटिङमा जाने कुरालाई आजभोली सामान्य कुरा मानिन्छ । एक सुन्दर युवकसँग पार्टीमा भेटभयो, अर्को दिनमै उसले भेट्न बोलायो र तपाईंले पनि उसलाई नाइ भन्न सक्नुभएन भने भेट्न जाने बेलामा  कस्तो पहिरन लगाउने भनेर तपाईंले पक्कै सोच्नुहुन्छ ।

मेकअप कस्तो गर्ने भन्ने बारेमा तपाईको ध्यान पक्कै जानेछ तर, हुन त तपाईको आउटलुक पनि महत्वपूर्ण छ । तर, आउटलुकले भन्दा पनि तपाईंले त्यहाँ के कुराहरु गर्नुहुन्छ, कसरी बोल्नुहुन्छ भन्ने कुराले धेरै फरक पार्छ ।

यदि यो तपाईको पहिलो डेट हो भने उसले आफ्नो कुरालाई गलत रुपमा नबुझोस् र बन्नलागेको सम्बन्ध नबिगि्रयोस भन्ने बारेमा पक्कै पनि तपाई सचेत हुनुहुन्छ होला ।

त्यसैले पहिलो डेट नै अन्तिम नबनोस् भन्ने चाहनुहुन्छ भने के बोल्ने, कति बोल्ने भनेर थाहा पाइराख्नुपर्छ ? साथै पहिलो डेटमा कहिल्यै सोध्न नहुने कुराहरु के के हुन् भनेर तपाईले थाहा पाइराख्नुपर्छ ।

धेरैजसो युवतीहरु पहिलो डेटमै सबै कुरा जान्न चाहन्छन तर, यो गलत हो । त्यसैले थाहा पाइराख्नुहोस् यी ८ प्रश्न जुन तपाईले पहिलो डेटमा भुलेर पनि सोध्नुहुँदैनः

१. के तपाईं अरु कसैसँग पनि डेट गरिरहनुभएको छ ?

यदि तपाईं गम्भिर प्रेमसम्बन्ध चाहनुहुन्छ भने निश्चित रुपमा पहिलो डेटमा यस्तो प्रश्न सोध्नुहुँदैन । अहिले तपाइर्ंहरु एकअर्काको लागि अपरिचित हुनुहुन्छ ।

पहिलो डेटमा एक अर्काको बारेमा ससाना कुरा थाहा पाउने, मनपर्ने कुरा थाहा पाउने तथा उनी कस्तो स्वभावको छन् थाहा पाउने चासो हुनु स्वभाविकै हो तर, पहिलो डेटमै हदभन्दा धेरै पर्सलन भएको उनीहरुलाई मन नपर्न सक्छ ।

२. तपाईले कति कमाउनुहुन्छ ?

एक व्यक्तिले कति कमाउँछन् भन्ने कुरा धेरै व्यक्तिगत र संवेदनशिल मुद्दा हो । जसरी युवतीलाई उनीहरुको उमेरको बारेमा सोधिदैन त्यसरी नै कुनै युवकलाई उसको कमाईको बारेमा प्रश्न गर्नु ठिक होइन् । पहिलो डेटमा त झनै यस्तो प्रश्न भुलेर पनि नसोध्नुहोस् ।

केही युवाहरु यो प्रश्नको जवाफ कुल भएर दिन्छन । तर, धेरै युवाहरु कति कमाउँछन् भन्ने प्रश्नलाई लिएर गम्भिर हुन्छन् । यो प्रश्नले उनीहरुको इगोलाई ठेस पुर्याउन सक्छ ।

३. म गम्भिर प्रेमसम्बन्धमा विश्वास गर्छु के तपाईं पनि यसमा विश्वास गर्नुहुन्छ ?

जिन्दगीमा गम्भिर हुन र सम्बन्धलाई गम्भिरतापूर्वक निभाउनु जरुरी हुन्छ । तपाईंले आफ्नो पुरा जिन्दगी सँगै बिताउन एक विशेष मानिसको खोजी गर्नु गलत होइन ।

तर, तपाईंले पहिलो डेटमै यो उ सम्बन्ध प्रति धेरै गम्भिर छ कि छैन भने थाहा पाउन चाहनुहुन्छ भने त्यो गलत हुन्छ । उसलाई विस्तारै बुझ्नुभयो भने यो प्रश्न सोध्ने जरुरी नै हुँदैन ।

४. के तपाई छिटै विवाह गर्ने योजना बनाइहनु भएको छ ?

तपाईंको सिधा प्रश्नको उत्तरमा उसले पनि सिधै छैन भन्यो भने के होला ? के तपाई त्यतिखेरै उठेर हिँड्नुहुन्छ ?

वास्तवमा विवाह जिन्दगीको सबैभन्दा महत्वपूर्ण निर्णय हो । पहिलो डेटमै कसैले पनि यसबारेमा सोचेका हुँदैनन । यदि तपाईंलाई युवक मन पर्यो र आफ्नो लागि पर्फ]{ट छ भन्ने लाग्यो भने कुरा अर्कै हो । होइन भने ४/५ डेट त दुवैले एकअर्कासँग भविष्यमा सजिलैसँग समय बिताउन सक्नुहुन्छ कि हुँदैन भन्ने बुझ्न मात्रै जान्छ ।

५. मलाई बच्चा मनपर्छ तपाईलाई नी ?

करियर ओरियन्टेड युवतीहरु विवाहको कल्पना गर्नासाथ बच्चाको बारेमा योजना बनाउँछन् तर, पहिलो डेटमै बच्चाको बारेमा कुरा गरेमा उसलाई त्यसै पल तपाईंलाई छोडेर भागौं जस्तो लाग्न सक्छ ।

पहिलो डेटमा हल्काफुल्का फ्लर्ट, रोमान्टिक कुरागर्ने आँखाका इशारामा बोल्ने आशा लिएर युवक युवतीसँग भेट्न आउँछ तर, तपाईं बच्चाको कुरा गर्न खोज्नुहुन्छ भने यस्तोमा उसलाई असजिलो महसुस हुन सक्छ । बरु जिन्दगीको बारेमा कुरा गर्नुहोस्, फिल्म, फेसन, मौसम करियरको कुरा गर्नुहोस् तर बच्चाको टपिक भने छुँदै नछुनुहोस् ।

६. के तपाई कसैसँग शारीरिक रुपले इन्भल्भ हुनुहुन्छ ?

तपाई आधुनिक बोल्ड युवती हुनुहुन्छ जसको लागि लभ, सेक्स कुनै वर्जित कुरा होइन र युवक पनि आधुनिक नै छ भने पनि पहिलो डेटमै यति धेरै अन्तरंग प्रश्न सोध्नु हुँदैन ।

अझै तपाईंहरु एकअर्का बीचमा यति धेरै नजिक हुनुभएको छैन कि अर्काको नितान्त निजी पलको बारेमा थाहा पाउने हक राख्नुहुन्छ । यसै पनि यौनको बारेमा कुरा गर्नु धेरै निजी विषय हो । सोच्नुहोस्, यदि उसले तपाईंलाई यहि प्रश्न गरेमा के होला ?

७. हामी फेरि कहिले भेट्दैछौं ?

उसले तपाईसँग फेरि भेट्न चाहन्छ भने निश्चिन्त हुनुहोस उ आँफैले कल गरेर फेरि भेट्न बोलाउँछ । तपाईंले बेचैन भएर उतिखेरै त्यसबारेमा सोध्न पर्दैन ।

यसको सट्टा पहिले आफ्नै मनलाई त्यस युवकको साथ अर्कोपटक पनि डेटमा जान चाहनुहुन्छ कि हुँदैन सोध्नुहोस् । यदि तपाईंको मनले चाहन्छु भनेमा पनि पहिलो डेट कस्तो भयो त्यो समिक्षा गर्नुहोस् ।

८. के तिमीलाई म मनपर्छ ?

यदि पहिलो डेटमा नै तपाईंले जसलाई खोजिरहनुभएको थियो त्यो व्यक्ति यहि हो वा उ नै आफ्नो सपनाको राजकुमार हो भने पनि उसको तर्फबाट कस्तो जवाफ वा प्रतिक्रिया आउँछ त्यो बुझ्नुहोस् ।

के उसको सपनाको राजकुमारी पनि तपाईं नै हो त ? यसबारेमा जानेर मात्रै अगाडि बढ्नुहोस् र केहि पटकको भेटपछि मात्रै उसले तपाईंलाई मन पराउँछ कि पराउँदैन भनेर सोध्नुहोस् ।

पहिलो डेटमै उसको बारेमा राम्रो धारणा बनाएर लालमोहर लगाउनु गलत हो । केहि समय पर्खिनुहोस् र केहि अरु पनि डेट गर्नुहोस् । पर्खाइको पनि आफ्नै मज्जा हुन्छ ।

वास्तवमा डेटिङमा तपाईंले के गर्ने, कसरी प्रस्तुत हुने भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ त्यसैले डेटिङको लागि त्यतिखेर मात्रै अगाडि बढ्नुहोस जतिखेर तपाईंलाई के सहि र के गलतको भन्ने निर्णय गर्ने परिपक्वता आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?