Comments Add Comment

सरकार र केसीको वार्ता टोलीबीच सहमति, अनसन तोडिँदै

डा. गोविन्द केसी । फाइल तस्वीर

१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ता टोलीबीच बिहीबार दिउँसो  ९ बुँदामा सहमति भएको  छ ।

यद्यपी सहमतिलाई अन्तिम रुप दिन भाषा मिलाउने काम भइरहेको वार्ता प्रक्रियामा सहभागी नेकपा स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा सरकारी र केसीको वार्ता टोलीबीच भएको सहमतिको बुँदा डा. केसीलाई पनि सुनाइएको थियो ।

त्यसपछि सहमतिका विषयलाई प्रधानमन्त्री निवास बालुवाटारमा अन्तिम रुप दिन लागिएको हो ।

बालुवाटारमा भएको सहमतिमा केसीले पनि सहमति जनाएमा बिहीबार नै उनको अनसन तोडिनेछ । केसी अनसन तोड्न राजी भएमा नेकपा संसदीय दलका उपनेता नेम्वाङ केसीलाई भेट्न शिक्षण अस्पताल जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment