Comments Add Comment

लिस्नुकपमा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र विजयी

१० साउन, बुटवल । पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पशुपति माविको मैदानमा बिहिबार भएको खेलमा जनज्योति युवा क्लब डिङगरनगर तिलोत्तमा ट्राइब्रेकरमा पाखा लगाएको हो ।

निर्धारित समयमा १-१ गोलको बराबरी भएको खेलको ट्राइब्रेकरमा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र ३-१ गोल अन्तरले विजयी भएको हो ।

जितका लागि ट्राइब्रेकरमा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका विवेक पाण्डे, निशान न्यौपाने र धनिराम चौधरीको प्रहार सफल भयो भने टिम क्याप्टेनको प्रहार सफल हुन सकेन । ट्राइब्रेकरमा जनज्योतिको तर्फबाट राजेश परियारको प्रहार सफल भए पनि विश्व अधिकारी, राहुल गुरुङ र लक्ष्मण जिसीको प्रहार सफल हुन नसक्दा ३-१ गोल अन्तरले प्रहरी विजयी भएको हो ।

यसअघि पहरीको तर्फ बाट खेलको पहिलो हाफको २४ औं मिनेटमा विवेक पाण्डेले १ गोल गरे भने जनज्योतिको तर्फबाट दोस्रो हाफको १४ औ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो ।

बिहीबारको खेलमा प्रहरीकै गोलकिपर लालबहादुर थापा म्यान अफ द म्याच घोषित भए ।

शुक्रबार भरतपूर युवा क्लव चितवन र वालिङ नगरपालिका नयाँ बजारबीच प्रतिस्पर्धा हुने खेल संयोजक बुद्धिप्रसाद गुरुङले जानकारी दिए । साउन २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही, नवलपरासी, दाङ, स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment