Comments Add Comment

गर्भपतन मुद्दामा फरार प्रतिवादी पक्राउ


११ साउन, वीरगञ्ज । बारा प्रहरीले गर्भपतन मुद्दामा दोषी ठहर भई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले बारागढी गाउँपाकिला–२ बस्ने दिनेशप्रसाद साह कलवारलाई पक्राउ गरेको हो ।

२०७२ साउन १७ गते पुनरावेदन अदालत हेटौंडाले साहविरुद्ध गर्भपतन मुद्दामा ३ महिना कैद ठहर गरेको थियो । त्यसपछि साह फरार रहँदै आएका थिए । उनलाई झण्डै तीन वर्षपछि साउन १० गते लुकीछिपी बसेको अवस्थामा बाराको कलैया उपमहानगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

दिनेशलाई बारा जिल्ला अदालतमा पेश गरि अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ ।

यसैबीच, बारा जिल्लामा रहेका तीन अस्थायी प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको छ । बारा प्रसौनि गाउँपालिका–१ स्थित अस्थायी प्रहरी चौकी गण्डक रहेको कार्यालय भवनमा इलाका प्रहरी कार्यालय प्रसौनी (क), बारागढी गाउँपालिका वडा नं. ३ स्थित अस्थायी प्रहरी चौकी मुर्किपलिया रहेको कार्यालय भवनमा इलाका प्रहरी कार्यालय बारागढी (क) र पारवानीपुर गाउँपालिका वडा नं. १ स्थित पारवानीपुर गाउँपालिका वडा नं. १ को कार्यालय भवनमा इलाका प्रहरी कार्यालय परवानीपुर (ख)स्थापना भई कामकाज सुचारू गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment