Comments Add Comment

प्रेमीसँग इन्गेजमेन्ट गरेपछि प्रियंकाले छोडिन् सलमानको ‘भारत’


बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्ना अमेरिकी प्रेमी निक जोनससित बिहेको तयारीमा छिन् । प्रियंका र निकबीच हालै लन्डनमा ईंगेजमेन्टसमेत भइसकेको केही मिडियाहरुले उल्लेख गरेका छन् ।

‘पिपुल’ वेबसाइटमा प्रकाशित खबरअनुसार प्रियंकाको जन्मदिन १८ जुलाईमा उनीहरुले ईंगेजमेन्ट गरेका हुन् । निकले अमेरिकाको न्यूयोकर्मा किनेको औंठी प्रियंकालाई लगाइदिएका थिए ।

‘प्रेम सम्वन्धलाई नयाँ उचाई दिएर उनीहरु दुवै निकै खुशी र उत्साहित छन्,’ स्रोतको हवाला दिँदै पिपुलले लेखेको छ । यसैबीच निकसँग बिहेकै लागि प्रियंकाले ठूलो बलिउड प्रोजेक्टबाट हात झिकेकी छन् । सलमान खानको आगामी चलचित्र ‘भारत’ बाट उनी बाहिरिएको फिल्मका निर्देशक अलि अब्बासले जाफरले पुष्टि गरे ।

‘हो उनी अब भारतमा छैनन्,’ टि्वटरमा अलिले लेखेका छन्, ‘र, यसको कारण धेरै धेरै विशेष छ । हामी प्रियंकालाई बधाई दिँदै उनको सुखद भविष्यको कामना गर्न चाहन्छौंं ।’

प्रियंका र निकले कहिले बिहे गर्छन् भन्नेसार्वजनिक भएको छैन । यसबाट प्रियंकाकी आमा मधु चोपडाले चाडै मुख खोल्ने अनुमान गरिएको छ । केही दिनअघि प्रियंकाले निकलाई भारत ल्याएर आमासँग भेटाएकी थिइन् । आमाको ग्रीन सिग्नलपछि उनी बिहे गर्न तयार भएकी हुन् ।
प्रियंका र निक केही महिनादेखि अफेयरमा थिए । उनीहरुको प्रेम सम्वन्ध भारतीय मिडियाको लागि हटकेक बनिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment