+
+
Shares

त्रिशुली बस दुर्घटना अपडेटः  ७ को मृत्यु, ३ जनाको सनाखत

सुवास पण्डित सुवास पण्डित
२०७५ साउन ११ गते १९:०३

११ साउन,चितवन । काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशुलीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । २० बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा एक बालक, दुर्इ महिला र चारजना पुरूष रहेका छन् । मृत्यु हुने मध्ये तीन जनाको सनाखत भएको चितवन प्रहरीले  जानकारी दिएको छ ।

तनहुँ भानु नगरपालिका-५ का वर्ष २७ का सुनिल श्रेष्ठ,  तनहुँ केशवटारका वर्ष ४० का बाबुराम तिवारी र काठमाडाैंका ३० वर्षका रविन गुरुङको  सनाखत भएको हो ।

ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह १२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

घाइतेहरुको पुरानो मेडिकल कलेज,  चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

घाइतेहरु सवैको उद्दार भइसकेको पनि प्रहरीले बताएको छ । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?