News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रुबाहक बस शुक्रबार दिउँसो सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ।
- दुर्घटनामा ९ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
- खाना खाएर यात्रुहरू चढाउने क्रममा गाडी ब्याक गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
३० असोज, काभ्रेपलाञ्चोक । काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।
सिन्धुली गोलोञ्जोर गा.पा.–७ ट्रायल सेन्टर अगाडि उक्त बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा बा.प्र.०३–००१ ख.२७७४ नं.को गाडी ब्याक गर्दा दुर्घटना भएको थियो ।
पछाडीको चक्का अचानक नालामा परी सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो । ९ जना घाइतेलाई उद्धार गरी शुभजिवन अस्पताल खुर्कोट र सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4