Comments Add Comment

कांग्रेसले भन्यो : अहंकारको सिंहासनमा बसेको सरकार जनतासामू झुक्यो

११ साउन, काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच भएको नौबुँदे सहमति नेपाली जनताको जित भएको बताएको छ ।

संसदको शुक्रबारको बैठकको सुरुमै सम्बोधन गर्दै कांग्रेस नेता मिनेन्द्र रिजालले सरकार र डा. केसीबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरे । नौबुँदे सहमतिलाई संसदको सम्पत्ति बनाउनसमेत उनले माग गरे ।

डा. केसी, विपक्षीहरुले चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन आग्रह गर्दा सरकारले नसुनेको स्मरण गर्दै नेता रिजालले भने, ‘अन्ततः दम्भ र अहंकारको सिंहासनमा बस्नेहरु जनतामा सामुन्ने झक्न बाध्य हुनुपर्‍यो । आज हाम्रा लागि खुसीको दिन हो, जनताका लागि खुसीको दिन हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment