Comments Add Comment

बाहुबली निर्देशकको फिल्ममा जान्भीको चर्चा

बाहुबली र बाहुबली-२ बाट चर्चामा आएका निर्देशक एसएस राजामौली नयाँ फिल्म ‘आरआरआर’ को तयारीमा छन् । र, यस फिल्ममा लिड हिरोइनको रुपमा जान्भी कपुरको चर्चा चल्न थालेको छ ।

श्रीदेवीकी छोरी जान्भीको पहिलो फिल्म ‘धडक’ गत हप्ता रिलिज भएको थियो । फिल्म गतिलो नभए पनि जान्भीको अभिनय र सुन्दरताको भने प्रशंसा भएको छ । बताइएअनुसार निर्देशक राजामौली पनि उनीबाट प्रभावित बनेका छन् ।

त्यसो त राजामौलीले ‘बाहुबली २’ मा श्रीदेवीलाई खेलाउन खोजेका थिए । श्रीदेवीले सो फिल्म साइन गरेर पनि पछि व्यक्तिगत कारणले छोडेकी थिइन् । केही महिनाअगाडि उनको मृत्यू भयो ।

श्रीदेवीलाई आफ्नो फिल्ममा खेलाउन आकांक्षा पूरा हुन नसकेकोमा चुक्चुकाइरहेका राजामौली अब उनकी छोरीसँग काम गर्न चाहन्छन् । यस विषयमा उनले जान्भीसँग कुरा गरिसकेको बताइन्छ । तर, दुवैले औपचारिक रुपमा केही बोलेका छैनन् ।

यदि राजामौलीको फिल्म हात पारिन् भने त्यो जान्भीको लागि ठूलो उपलब्धि हुनेछ । ‘बाहुबली’ र ‘बाहुबली’ २ को सफलतापछि राजामौलीको फिल्म ‘आरआरआर’  प्रति धेरैको उत्सुकता छ ।

जान्भीको पहिलो फिल्म ‘धडक’ को कुरा गर्दा यसले एक हप्तामा ५० करोडको कमाई गरेको छ । ७० करोडको बजेटमा बनेको फिल्मले लागत उठाउनेमा अझै आशंका छ । फिल्म हिट नभए पनि जान्भी भने हिट भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment