+
+

माछा मार्न जाँदा डुबेर मृत्यु

रासस रासस
२०७५ साउन १४ गते १०:०७

१४ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार साँझ माछा मार्ने क्रममा एक्कासि नदीको भंगालोमा खसेर बलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राप्ती नदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा डुबेर तथा गोहीलगायत वन्यजन्तुको आक्रमणमा परेरसमेत मानिसको ज्यान जाने गरेको छ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?