Comments Add Comment

नेपाल र चीनबीच गैससलाई संयुक्त रुपमा परिचालन गर्ने सहमति

१४ साउन, काठमाडौं । नेपाल र चीनले गैरसरकारी सँस्थाहरुलाई संयुक्तरुपमा परिचालन गर्ने सहमति भएको छ ।

समाज कल्याण परिषद र चीनको चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) बीच दुवै देशको गैरसरकारी संस्थाहरुलाई संयुक्त रुपमा परिचालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र चीनका उपविदेश मन्त्री वाङ वाजुनको उपस्थितिमा काठमाडौंमा परिषद सदस्य सचिव डिल्ली भट्ट र चीनको सीएनआईका सदस्य सचिव झू रुईले समझदारी पत्रमा हस्ताषर गरेका छन् ।

तीन वर्षे समझदारी पत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सामुदायिक विकास र विपद् व्यवस्थापनमा गैरसरकारी संस्थामार्फत् चीनले सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

समझदारी पत्रमा चीनले नेपालको विकास सहायता उपलब्ध गराउँदा नेपालको प्रचलित कानून अनुरुप संचालन गर्ने पनि स्पष्ट पारिएको छ ।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले समझदारीलाई प्रभावकारी ढंगले अघि बढाउन दुवै मुलुकका सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले चीनले नेपाली जनताको समृद्धिको चाहनालाई साथ दिन गरिरहेको सहयोगको पनि खुलेर प्रसंशा गरिन् ।

मन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि नेपालमा चिनियाँ सहायता बढेर गएको पनि स्मरण गराइन् ।

समझदारी पत्रमा समाज कल्याण परिषदको संस्थागत विकासका लागि पनि आवश्यक सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment