Comments Add Comment

आक्रमण प्रयास भएको भन्दै बाह्रविसेका मेयरले मागे सुरक्षा

१५ साउन, सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले असुरक्षित भएको भन्दै सुरक्षा मागेका छन् ।

काठमाडौबाट नगरपालिकाको कार्यालय जाँदै गर्दा अरनिको राजमार्गअन्तर्गत जुरे नजिकै सोमबार नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमणको प्रयास गरेपछि मेयर शेर्पाले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छन् ।

बा१४च १४०८ नम्बरको गाडीमा सवार रहेकोबेला कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत लगायतका टोलीले आक्रमणको प्रयास गरेको मेयरको दावी छ ।

‘बाह्रविसे जादै थिए,पहिरोले बाटो अवरुद्ध भएपछि त्यही बसिरेहेको थिएँ, एक्कासी आक्रमण गर्न आए ।’ मेयर शेर्पाले भने ।

मंगलबार हुने सरकारविरुद्धको बिरोध प्रदर्शन कार्यक्रममा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु सदरमुकाम चौतारा जाँदै थिए ।

मेयर शेर्पालाई देख्न साथ उनीहरुले नाराबाजी गर्दै आक्रमणको प्रयास गरेको चालक सुनिल तरानामगरले बताए ।

ठूलो संख्यामा रहेका कांग्रेस कार्यकर्ताहरु आक्रमणमा आएपछि अन्य सवारीसाधनका यात्रुले आक्रमण गर्न रोकेको चालकको भनाइ छ ।

कांग्रेस क्षेत्रीय सभापति बस्नेतसहितका कार्यकर्ताहरुले आक्रमण गर्न नपाएपछि कुनै दिन मारेर फाल्दिने धम्की दिएको मेयर शेर्पाले बताए ।

स्थानीय तह निर्वाचनमा बस्नेत कांग्रेसबाट मेयरको प्रत्यासी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment