Comments Add Comment

काठमाडौं महानगरलाई दुईवटा अत्याधुनिक ब्रुमर उपहार

१५ साउन, काठमाडौं । चीनले सडक सफाइमा प्रयोग हुने २ वटा ब्रुमर अनुदानका रुपमा काठमाडौं महानगरपालिकालाई दिने भएको छ । छेङ्दु नगरको एसोसियसनका कार्यकारी उपाध्यक्ष जियाङ बिनले ब्रुमरको साँचो महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादर कुँवरलाई उनीहरुले हस्तारण गरेका छन् ।

यी ब्रुमर चीनबाट २ महिनाभित्रै काठमाडौं आइपुग्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला छेङ्दुले २ वटा ब्रुमर दिने प्रतिवद्धता जनाएको थियो ।

त्यसैका आधारमा छेङ्दुले महानगरलाई दिन लागेको ब्रुमर युरो मापदण्ड ४ का हुन् । बु्रमरको लम्बाइ ८.६ मिटर छ भने चौडाई ३.५ मिटरको छ । १५.८ मेटि्रक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् ।

धुलो र पात पतिंगर संकलन गर्न प्रयोग गर्न सकिने ब्रुमरहरुको ७ घनमिटर धुलो संकलन गर्न सक्नेछ । यसले ७ घनमिटर पानी बोक्ने क्षमता राख्नेछ ।

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यो ब्रुमरले सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले ५ वटा ब्रुमर पनि आफ्नै स्रोतबाट खरिद गर्दैछ । २ महिनाभित्रै महानगरपालिकाले ५ वटा नयाँ ब्रुमर सडक सफाइका लागि सञ्चालन गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment