+
+

अशोकको दोश्रो गीत ‘झिलमा फुलु’को भिडियो निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १७ गते १०:३०


युटुबमा चर्चित बनेका बाल–गायक अशोक दर्जीको आवाजमा समावेश दोश्रो गीत ‘झिलमा फुलु’को भिडियो छायांकन गरिएको छ । झापाका विभिन्न स्थानमा गीतको भिडियो खिचिएको हो ।कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहर अर्थात टिकाराम धिमालले अभिनय गरेका छन् । जापानमा रहेका गीतकार मन्जुल मितेरीले यो गीतलाई लेखेका हुन् । गीतलाई मितेरीले टिकारामको जीवनलाई हेरेर लेखेको बताएका छन् ।

गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताएका छन् । गीतमा बालकलाकार टिकाराम धिमालले शसक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् ।

टिकारामसँगै उनका प्रिन्सीपल दिपक न्यौपान, कौशीला राई, टिकारामलाई स्कुलसम्म पुर्याउन पहल गर्ने किसोर श्रेष्ठ र विवेक हिङमाङले भिडियोमा अभिनय गरेका छन् । यस गीतलाई छायांकार उज्जवल बल तामाङले खिचेका हुन् । गीतको भिडियो चाडै नै बजारमा ल्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?