Comments Add Comment

प्रियंकाको बिबाहको प्रश्नमा साहरुखले भने–‘म पनि बिहेको तयारीमा छु’


बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाबीचको अफेयरले केही समयअघि बलिउड तातेको थियो । तीन छोराछोरीका बाबु शाहरुखको यो ‘अवैध’ प्रेम लामो समय भने टिकेन ।अहिले प्रियंका अमेरिकी गायक निक जोनसँग प्रेममा छिन् । उनीहरुबीच ईंगेजमेन्ट समेत भइसकेको र यसै वर्ष विहेको तयारमिा रहेको खबर फैलिएको छ । यद्यपि, प्रियंका र निकको तर्फबाट कुनै औपचारिक जानकारी आएको छैन ।

शाहरुखलाई हालै एक अन्तरवार्तामा पत्रकारहरुले प्रियंकाको विहेको विषयमा प्रतिक्रिया मागे । सुरुमा त शाहरुख अक्क न बक्क परे । त्यसपछि घुमाउरो र अनौठो जवाफ दिए । शाहरुखले भने, ‘म पनि बिहेको तयारीमा छु । म तपाईंहरुरु सबैलाई निम्तो गर्नेछु । कृपया मेरो मेहेन्दीमा पनि आउनुहोला ।’

शाहरुखको यस्तो जवाफको आशय पत्रकारले बुझ्न सकेनन् । यद्यपि, उनको अनुहारको भावबाट बुझिन्थ्यो कि प्रियंकाको बिहेले उनलाई कतै न कतै चसक्क भएको छ । आखिर पूर्व प्रेमिका न हुन् ।
यसैबीच, अभिनेत्री कंगना रनावतले प्रियंकालाई फोन गरेर बिवाहका लागि अग्रिम बधाई दिएकी छिन् । आफूले बधाई दिँदा प्रियंका लजाएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment