Comments Add Comment

विराटनगरमा रेलको लिकमुनि युवतीको शव भेटियो


१८ साउन, विराटनगर । विराटनगर महानगरपालिका १४ स्थित जतुवामा वेवारिसे अवस्थामा एक युवतीको शव फेला परेको छ ।

अन्दाजी २०/२२ वर्षकी युवतीको शव शुक्रबार अपरान्ह पानीमा डुवेको अवस्थामा फेला परेको हो ।

जोगवनी-कटहरी जोड्ने निर्माणधीन रेलको लिक बिच्छ्याएको कल्भर्टमुनि पानीमा शव फेला परेको थियो । स्थानीयले पानीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले मधेसी मूलको जस्तो देखिने शव पानीका तैरिरहेको अवस्थामा भेटिएको बताए । नांगो अवस्थामा भेटिएको शवको पहिचान हुन सकेको छैन ।

प्रहरीले उनको बलात्कारपछि हत्या भएको अनुमान गरेको छ । शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment