Comments Add Comment

एक अर्काको हात समातेर डुल्दै दीपिका र रणवीर


बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई सायद अब लुकाउनुपर्ने केही छैन । त्यसैले उनीहरुबीचको प्रेम जहिँतहिँ छताछुल्ल पोखिन थालेको छ ।

हालै दीपिका र रणवीरको एउटा भिडियो क्लीप सार्वजनिक भएको छ, जसमा उनीहरु एक अर्काको हात समातेर कुनै व्यस्त स्थानमा डुलिरहेका देखिन्छन् । यो भिडियो फ्लोरिडाको हो । बिना हल्लाखल्ला सुटुक्क उनीहरु छुट्टी मनाउन निस्किएका थिए ।

दीपिका र रणवीरको यसै वर्ष विवाह हुने चर्चा चलिरहेको छ । उनीहरुले दीपिकाको घर रहेको बैंगलौरमा बिहे गर्ने चर्चा चले पनि पछिल्लो समय उनीहरु ‘डेस्टिनेसन वेडिङ’ को मनस्थितिमा रहेका छन् । यसका लागि उनीहरुको पहिलो रोजाई हो इटली । उनीहरुले १० नोभेम्बरमा बिहे गर्न सक्ने बताइएको छ । इटलीमा बिहेपछि बैंगलोरमा भव्य पार्टी दिने उनीहरुको तयारी छ ।

सम्भावित बिहेकै कारण हुन सक्छ ‘पद्मावत’ पछि दीपिकाले कुनै फिल्म साइन गरेकी छैनन् । उनी यो वर्ष आफूलाई खाली राख्न चाहन्छिन् । तर कतिपयले चाहिँ दीपिकाले पारिश्रमिक अत्यधिक बढाएकाले निर्माताहरु उनीकहाँ नआएको हृनसक्ने आशंका गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment