Comments Add Comment

एनआईसी एशिया बैंकको क्यू आर पेमेन्ट सेवा शुरु

२० साउन, काठमाडौं । एनआइसी एशिया बैंकले क्यूआर कोड मार्फत भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई थप सेवा दिने क्रममा बैंकले आइतबारबाट क्यूआर कोड मार्फत भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुका साथै विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।

यो सेवा नेपालमा शुरु गर्ने पहिलो बैंक एनआइसी बनेको छ । बैंकले मुलुकभर २ सय ३४ शाखा कार्यालयहरु, २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको वासलातको आकार १ खर्ब ७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ खर्ब ४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १ खर्ब २० अर्ब सहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment