Comments Add Comment

विद्युत सर्ट भएर आगलागी हुँदा काभ्रेमा घर जल्यो

फाइल तस्वीर

२१ साउन, काभ्रे । विद्युत्त सर्ट भएर आगलागी हुँदा काभ्रेमा १ घर जलेको छ ।

पनौती नगरपालिका–९, नौबीसे फाँटका दुर्गाप्रसाद हुमागाइको २ तले घर सोमबार बिहान जलेको हो ।

आगो लागेर घर पूर्णरुपमा जलेको काभ्रे प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार, करिब १० लाख बराबरको सुनचाँदीका गरगहना, खाद्यान्न तथा लत्ताकपडा जलेको छ ।

आगो प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment