Comments Add Comment

‘रोजी’मा प्रदिप र मिरुनाको सुहाएको केमेष्ट्री


नायक प्रदिप खड्का र नायिका मिरुना मगरलाई फिचरिङ गरिएको चलचित्र ‘रोजी’ ‘फूल होइन’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । भदौ २२ गतेबाट रिलिज हुने चलचित्रको यो गीतमा प्रदिप र मिरुनाको केमेष्ट्री गज्जबले सुहाएको छ । चलचित्रमा परमिता आरएल राणाको पनि मुख्य भूमिका छ ।

निरक पौडेलले निर्देशन गरेको यो चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् । चलचित्रमा आर्या पौडेल र आरोही केसीको लगानी छ । सार्वजनिक गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, एलिस कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द छ ।

रोमान्टिक यो गीतको भिडियोलाई टर्कीको आकर्षक लोकेशनमा खिचिएको हो । राजुविक्रम थापाको छायांकन रहेको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । मित्र डी गुरुङले चलचित्रको सम्पादन गरेका हुन् ।
चलचित्रले आफ्नो प्रेमिकाकै हत्या गरेको एक प्रेमीको कथालाई बोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment