Comments Add Comment

प्रियंकाप्रति सलमानको यस्तो चित्त दुखाई


अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘भारत’ छोडेपछि सलमान खान उनीसँग क्रुद्ध बनेको समाचार केही दिनयता आइरहेका थिए । यस प्रकरणमा सलमानले पहिलोपटक मुख खोलेका छन् ।

एक कार्यक्रममा पत्रकारहरुले उनलाई यो विषयमा सोध्दा सुरुमा उनी टक्टकिन खोजे । ‘मैले आजकाल त्यति न्यूजहरु हेरेको छैन । मेरो र प्रियंकाको विषयमा के आइरहेको छ थाहा भएन । समाचार हेरेर प्रतिक्रिया दिउँला,’ सलमानले भने ।

तर, पत्रकारले पिछा नछोडेपछि उनले बोल्न कर लाग्यो । सलमानले हलिउड फिल्म पाएपछि आफ्नो फिल्म छोडेको भन्दै प्रियंकासित चित्त दुखाए ।

‘सुटिङ सुरु हुनुभन्दा १० दिन अगाडि उनले भारत छोडिन् । उनीसँग मेरो भेट भएको थियो । उनले व्यक्तिगत कारणले फिल्म गर्न नसक्ने बताइन् । पछि थाहा पाएँ कि उनले हलिउड प्रोजेक्ट पाएपछि मेरो फिल्म छोडेकी रहिछन्,’ सलमानले भने ।

यद्यपि यसबाट प्रियंकासँग आफ्नो सम्वन्ध नबिग्रिने उनको भनाई छ । उनले भने, ‘एउटी भारतीय कलाकारले हलिउडमा राम्रो फिल्म पाउनु हाम्रो लागि खुशीको कुरा हो । यसबाट हाम्रो देशको नाम विश्वमा चम्किने छ । मेरो कुनै गुनासो छैन । मेरो चित्त दुखाई यत्ति हो कि उनले मलाई यो कुरा पहिल्यै भनेको भए हुन्थ्यो ।’

सलमानलाई पत्रकारहरुले ‘प्रियंकाले बिहेमा बोलाइन् भने जानुहुन्छ कि जानुहुन्न ?’ भनेर पनि सोधे । उनले जवाफ दिए, ‘किन नजाने ? अवश्य जान्छु । ठाँटिएर जान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment