+
+

गुल्मीदरबार गाउँपालिकामा नमूना डिजिटल नागरिक वडापत्र

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २२ गते १४:२०

२२ साउन, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले नमूना डिजिटल नागरिक वडापत्र राखेको छ ।

गाउँपालिकाबाट प्रदान गरिने सेवासुबिधालाई प्रभावकारी बनाउन डिजिटल नागरिक वडापत्र सुरु गरिएको गुल्मी दरबार गाउँपालिका गुल्मीका सूचना अधिकृत सुरेश खनालले बताए ।

गाउँपालिकाको कुन शाखाबाट के के सेवाहरु प्रदान हुन्छन् र त्यस शाखाको सम्पर्क ब्याक्ति को हो भन्ने जस्ता सूचनाहरु डिजिटल नागरिक वडापत्रबाट जानकारी लिन सकिने खनालले बताए ।

योजनाहरुका लागि आबश्यक पर्ने कागजाजहरु लगायत के कति समयमा सेवा लिन सकिन्छ भन्ने बारेमा डिजिटल नागरिक वडापत्रमा राखिएको छ ।

डिजिटल नागरिक वडापत्र हेरेपछि कामको शिलसिलामा आउने सेवाग्राहीहरु अलमल नपरि सिधै सेवा लिन सकिने सुचना अधिकृत खनालको भनाइ छ ।

गाउँपालिकाका बिभिन्न शाखाहरुवाट प्रदान गरिने सेवा सुबिधा लिदा आवश्यक पर्ने कागजाज लगायत प्रक्रियाहरुको बारेमा स्पस्ट रुपमा खुलाएरै राखिएको छ ।

सेवाप्रवाहलाई छिटो छरितो बनाउनको लागि सेवाग्राहीले सहजजै रुपमा जान्न सकुन भन्ने उद्देश्यले डिजिटल नागरिक वडापत्रको ब्यबस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।

गाउँपालिकामा बिभिन्न कामको शिलसिलामा आउने सेवाग्राहीहरुलाई छिटो छरितो रुपमा सेवा दिनको लागि डिजिटल नागरिक वडापत्रको ब्यबस्था गरिएको गाउँपालिकाका प्रमुख अशोक थापाले जानकारी दिए ।

गाउँपालिकालाई सूचना प्रबिधिमैत्री बनाउने उदेश्य स्वरुप बिधुतीय सूचना पाटी, सीसी क्यामरा जडान, बिधुतीय हाजिरी प्रणाली र वेवसाइटमार्फत जानकारी दिने कामको थालनी गरिएको खनालले बताए ।

गाउँपालिका कार्यालयसहित फ्रि-वाइफाइको व्यवस्थासँगै सबै वडाहरुमा इन्टरनेट जडान भएको सूचना अधिकारी खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?